५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति सदस्य उमादेवी ढकाल (कल्पना)ले मंगलबार पदभार ग्रहण गरेकी छन् । सो अवसरमा बोल्दै उनले अस्पतालमा आउने कुनै पनि सेवाग्राहीले स्वास्थ्य उपचारमा आफूलाई सुरक्षित महशुस गर्नेगरी वातावरण निर्माण गर्न बिकास समिति, अस्पताल प्रशासन, चिकित्सक तथा कर्मचारीहरुको सहकार्यलाई जोड दिइन् ।

अस्पतालसँग लाखौँ जनताको भरोसा र विश्वास जोडिएको बताउँदै उनले सोही अनुसार वातावरण निर्माणका लागि आफूले विकास समितिको सदस्यमा रहेर भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नवनियुक्त सदस्यलाई स्वागत गर्दै विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालप्रति जनअपेक्षा अत्याधिक रहेको बताउँदै त्यसलाई निरन्तरता र व्यवस्थापन जटिल बन्दै गएको उल्लेख गरे । अस्पतालको सेवा गुणस्तरलाई कायम राख्नका लागि पारदर्शी सहकार्यको आवश्यकतामा जोड दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। विष्णुप्रसाद गौतमले अस्पतालको गतिविधिलाई अधिकतम पारदर्शिता, उत्तरदायित्व र सहकार्यमा अघि बढाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरे । यसका साथै जन अपेक्षा र अस्पतालमा प्राप्त सेवा सुविधा, जननशक्ति तथा प्रविधिहरुको सीमितता बारे पनि जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजारदेखि २५ सय विरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालमा वार्षिक चार लाख बढीले स्वास्थ्य सेवा लिने गरेको तथ्याङ्क छ । अस्पतालमा यसअघि अस्पताल विकास समितिको महिला सदस्य पदमा रहेकी लक्ष्मी भट्टराईको ३ वर्षे कार्यकाल पूरा भएपछि लुम्बिनी प्रदेश सरकारले ढकाललाई सदस्यमा नियुक्त गरेको हो । उनको कार्यकाल ३ वर्षको रहने कार्यविधि छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ३ : ०२ बजे

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति