६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा



काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

उनले भने, “नेपाल एयरलाइन्सको उडानद्वारा मङ्गलबार काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान ३७ मा रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका हौँ ।”

श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रवक्ता सिलवालले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ४ : ०५ बजे

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ

खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा