७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

प्रधानमन्त्रीलाई सदनप्रति एलर्जी छ



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा अघिल्लो संसदमा रास्वपाले गरेको विरोधको शैली सम्झाउँदै अहिले प्रतिपक्षले गरिरहेको विरोधलाई अमर्यादित भन्न नमिल्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले प्रतिपक्षमा हुँदा निलो स्कार्फ लगाएर वेल घेर्ने, पलेटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको प्रसंग स्मरण गराएका थिए । उनले त्यतिबेला अहिलेका सभामुख पनि निलो स्काफलगाएर बेल घर्न पुगेको स्मरण पनि गराए । अहिले श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गरेको विषयलाई लिएर मात्रै प्रश्न उठाउनु उचित नभएको बताउँदै उनले त्योबेलाको र अहिलेको दुवै गतिविधि अमर्यादित भएको बताए ।

“आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो । वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो,” उनले भने, “त्यो पनि गलत थियो र अहिले पनि गलत तथा अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।”

राईले संसदलाई उत्तरदायी बनाउने प्रयासमा सभामुखबाट अपेक्षित साथ नपाएको पनि गुनासो गरे । उनले पछिल्ला बैठकहरूमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमबारे जवाफदेही बनाउन खोज्दा सरकारले सदनलाई बेवास्ता गरेको आरोप लगाए ।

“नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्नेलगायत विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा पटक–पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौँ । तर सभामुखबाट साथ मिलेन, सरकारले पनि टेरेन,” उनले भने ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह लाई सदनप्रति ‘एलर्जी’ भएको टिप्पणी समेत गरे । “प्रधानमन्त्रीले सदनलाई देखिनसहने, सदन भनेपछि एलर्जी नै हुने अवस्था देखिएको छ,” उनले भने, “सरकार परम्परा भत्काउँदै छु भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ ।”

राईले अहिले सरकार ‘क्रमभंगता’ भन्ने शब्दमा रमाइरहेको आरोप लगाउँदै सत्तारूढ दलले संसदीय अभ्यासलाई अंकको दम्भले चुनौती दिइरहेको बताए । उनका अनुसार संसदको मर्यादा कायम गर्ने मुख्य जिम्मेवारी सरकार र सभामुखकै हो ।

“जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिन्छ, त्यो दिनसम्म सदन कसरी मर्यादित हुन्छ रु” उनले प्रश्न गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १ : ३९ बजे

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा