५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा



बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी रहेका बसन्त गौचन अहिले फुटबल विकासमा प्रशिक्षकको भूमिकामार्फत सक्रिय बनेका छन् । नेपालको यू-१६ र यू-२३ टोली हुँदै राष्ट्रिय टोलीसम्म प्रतिनिधित्व गरेका गौचनले खेल जीवनपछि पनि फुटबलमै योगदान दिने उद्देश्यसहित ग्रासरुट तहमा खेलाडी उत्पादन अभियानलाई निरन्तरता दिएका हुन् ।

विशेषगरी सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका गौचन अहिले एएफसी ‘बी’ लाइसेन्स प्राप्त प्रशिक्षकका रूपमा फुटबल प्रशिक्षणमा सक्रिय छन् ।

उनले पाँच वर्षअघि पोखरामा “बसन्त गौचन फुटबल एकेडेमी” स्थापना गरी बालबालिकालाई फुटबलको आधारभूत प्रशिक्षण दिन सुरु गरेका थिए । फुटबलप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै उनले पछि काठमाडौंमा पनि एकेडेमी विस्तार गरे । अहिले उनले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याएका छन् ।

स्थानीय स्रोतसाधन, फुटबलप्रेमी तथा साथीभाइहरूको सहयोगमा फुटबल विकासमा लागेका गौचनले बुटवलमा पनि नयाँ प्रतिभा उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी विस्तार गरिएको बताए ।

बुटवल शाखा सञ्चालनमा पूर्व फुटबलर ओम काउचा मगरले साथ दिएका छन् । बुटवल फुटबलको पुरानो पहिचान स्मरण गर्दै मगरले शहरको फुटबल इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यले एकेडेमी सञ्चालन गरिएको बताए । “हामी पैसा कमाउनेभन्दा पनि नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ लागेका छौं,” उनले भने ।

जापान बसेर फर्किएका मगरले अहिले बुटवलका विभिन्न फुटबल क्लबलाई एकीकृत गर्दै स्थानीय प्रशिक्षकहरूलाई समेत एकेडेमीसँग जोडिएको जानकारी दिए । “सबै मिलेर अब फुटबल विकासमा लाग्नुपर्छ,” उनले भने ।

एकेडेमी सञ्चालनमा लखन बडर्श युथ क्लब, सौभाग्य युवा क्लब, सयपत्री युवा क्लब, बिस पहत्तर युवा क्लबलगायतका क्लबहरूको सहकार्य रहेको छ ।

फुटबल खेल जीवनपछि गौचन जापान गएर “फनरुट्स फुटबल एकेडेमी” मा प्रशिक्षकका रूपमा कार्यरत थिए । उक्त एकेडेमी जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग समेत आबद्ध रहेको बताइएको छ । यसले युवा खेलाडीलाई भविष्यमा अन्तर्राष्ट्रिय फुटबल एकेडेमीसँग जोडिन सहज हुने विश्वास गरिएको छ ।

हाल एकेडेमीमा तीन जना प्रशिक्षकले हप्तामा चार दिन प्रशिक्षण दिने व्यवस्था गरिएको छ । शुक्रबार, शनिबार, आइतबार र सोमबार बिहान ६ बजेदेखि ८ बजेसम्म तथा साँझ ५ बजेदेखि ८ बजेसम्म नियमित प्रशिक्षण सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ७ : ५८ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान