१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशन तयारीसँग सम्बन्धित साङ्गठनिक तथा निर्वाचन प्रक्रियाका विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा आयोजना हुँदैछ ।

सार्वजनिक कार्यतालिकाअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । जेठ ७ गतेदेखि सुरु हुने उक्त प्रक्रिया जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । साथै, निर्वाचन समिति गठनसँग सम्बन्धित आधिकारिक परिपत्र तथा माइन्युटको प्रतिलिपि जेठ १० गतेभित्र निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन गर्ने कार्य जेठ २० गतेसम्म सम्पन्न गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने अन्तिम मिति जेठ २५ गतेसम्म तोकिएको छ । जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन भने जेठ मसान्तभित्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ ।

कार्यतालिकामा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने उल्लेख गरिएको छ ।

महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले रास्वपाले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगको तयारीसमेत अघि बढाएको छ । जेठ ७ गतेदेखि असार ५ गतेसम्म यससम्बन्धी छलफल, परीक्षण तथा आवश्यक तयारीका लागि समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ द्वारा जारी सूचनामा सबै प्रदेश समितिका सभापतिहरूलाई आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन पार्टीले महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह तथा संगठन विभागका सचिव शंकर श्रेष्ठ लाई समेत बोधार्थ दिँदै आन्तरिक परिचालनलाई तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ३ : ५३ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको

एसियन छनोट खेलको लागि टिमको घोषणा, कप्तानको जिम्मा दीपेन्द्रसिंह ऐरीलाई

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन