११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

गत आर्थिक वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोशी टप्पु



धरान । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ ।

भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जङ्गली भैँसी (अर्ना)का लागि प्रसिद्ध छ । कोशी टप्पु रैथाने अर्ना पाइने नेपालको एक मात्र संरक्षित क्षेत्र मानिन्छ ।

सन् १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ । यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध यस क्षेत्र पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी र विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ । चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून रहे पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष प्रमुख यादवले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १२ : २२ बजे

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार

काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन