११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक



बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको सालिक अनावरण गरिएको छ । एकताको प्रतिक नेपाल रुपन्देहीको आयोजनामा सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र पूर्व राजदूत पदम सुन्दासले बिसे नगर्चीको पूर्णकदको शालिक संयुक्तरुपमा अनावरण गरे ।

उदघाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बिसे नगर्चीको शालिकमा उनले उपदेश दिएबमोजिम एक रुपैयाको ढक हातमा राखिएकोले इतिहासको झल्को समेटिएको बताए । बिसे नगर्चीका बारेमा अनुसन्धान गरेर विभिन्न तथ्य र प्रमाणहरु जुटाएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले इतिहासको कालखण्डमा नेपालको एकीकरणलाई नियालेर हेर्दा धेरै संकटका क्षणहरु बिसे नगर्चीको महत्वपूर्ण योगदान रहेको बताए ।

पूर्व राजदुत पदम सुन्दासले बिसे नगर्चीको योगदानलाई राज्यले छायामा पारेको भन्दै उनको इतिहासलाई देशव्यापी बनाउन सातै प्रदेशमा शालिक निर्माण गरिने बताए । उनले बिसे नगर्चीको योगदानलाई सधै स्मरण गर्नुपर्ने बताउँदै भावी पुस्तालाई पनि उनको बारेमा अनुसन्धान गराउन आवश्यक रहेको बताए ।

परियार सेवा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले बोल्दै देशमा धेरै सरकार आएपनि बिसे नगर्चीको योगदानलाई महत्व नदिएको कारण ओझेलमा परेको बताए । उनले अहिलेको नयाँ सरकारले बिसे नगर्चीको योगदानलाई केही हदसम्म भएपनि सम्मान गरेको बताउदै हुलाक टिकटमा बिसे नगर्चीको तस्वीर राखेकोमा प्रसंशा गरे ।

 

विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष राम बहादुर रणपालले बोल्दै विसे नगर्चीको शालिक तथा विश्राम गृह निर्माणका लागि जग्गा उपलब्ध गराउने संस्था मणिमुकुन्द सेन उद्यान संरक्षण समिति तथा आर्थिक सहयोग गर्ने बुटवल उपमहानगरपालिका, विभिन्न दाता तथा सहयोगी महानुभावहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।

बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वीनारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए । यस घटनाबाट प्रभावित राजा पृथ्वी नारायण शाहले बिसेलाई सधै उच्च मुल्याङकन गरी रहे ।

एक विलक्षण प्रतिभा , इतिहास पुरुष , अमर ब्यक्तित्व , बिसे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार , योजनाविद , आर्थिक जोहो गराउन सल्लाह दिने कुसल व्यक्तित्व थिए । बुढामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए । तेतिखेरको नेपाल एकीकरणको अभियानले बिसे नगर्ची , धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्त्वपूर्ण योगदान समेटेको छ । बिसे नगर्चीको जन्म बि.स. १७७५ तीर गोर्खामै भएको थियो । यी गोरखा दरबारका त्यस्ता नगर्ची थिए जसको उपस्थिति दरवारको भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा समेत सल्लाह सुझावकोलागि हुने गर्थ्यो ।

महेश्वर पन्तको सेनापतित्वमा दोश्रो नुवाकोट हमला गरिंदा हारखाई भएको विशाल धन जनको क्षति प्रति चिन्तित २० वर्षे ठिटो महाराजलाई सान्त्वना दिएर जूक्ति सिकाउंदै नुवाकोट माथिको तेश्रो हमला तथा एकिकरण अभियान सञ्चालन गर्न र हातहतियारको सुद्रिढिकरण गर्न सुझाउने बिसे नै थिए । खर्च बर्चको जोहोकालागि सोचमा डुबेका राजालाई बिसेले गोर्खा राज्य भित्र रहेका लगभग १२००० घर धुरीबाट १ ,१ रुपिया सहयोग जुटाई काशीबाट हतियार र बारुद ल्याउन सल्लाह दिएका थिए । कालु पाण्डेलाइ गोर्खादरबारको काजी बनाउन सल्लाह दिनेदेखि राजगुरु श्री हर्ष मिश्रलाई काशी लिएर गई हात हतियार ,बारुद खर खजाना ल्याउन सर सल्लाह दिनेमा इनको ठूलो भूमिका थियो । इनि तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भै युद्धमा सामिल भएका थिए भने नुवाकोट विजय भई सकेपछि यी बुढा महाराज संगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दथे ।

कार्यक्रममा विसे नगर्चीको शालिक निर्माण तथा विश्राम गृह निर्माणका लागि आर्थिक सहयोग गर्ने विभिन्न महानुभावहरु, कलाकार र पत्रकारलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा लोक श्वर सम्राट तथा संस्थाका सल्लाहकार राजु परियार, कुसुम परियार, बिजय सुनाम, पूर्णचन्द्र परियारलगायतका कलाकारले गीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १० : ३९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि