६ श्रावण २०८३, बुधबार | July 22, 2026

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते



कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका छन् ।

जिल्लाको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि स्थानीय, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो।

घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम तथा १७ जनाको अवस्था सामान्य रहेको छ।

गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन्। बस चालक सुर्खेतका ३० वर्षीय डिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरू सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर र ओखलढुंगालगायत जिल्लाका बासिन्दा रहेका छन्। प्रहरीका अनुसार १२ जना घाइतेलाई प्रहरीकै सवारी साधनमार्फत उद्धार गरिएको थियो भने अन्यलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको हो।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ११ : २७ बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।