९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले लगातार विरोध जनाइरहेका थिए। विरोधकै बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठकको कार्यसूची अघि बढाएका थिए।

बैठकमा खडकराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सत्तापक्षकाका केही सांसदहरूले छलफलमा समेत भाग लिएका थिए। तर, सांसद जगदीश खरेलले रोष्टमबाट भाषण गर्दै विपक्षीहरुलाई होच्च्याउन थालेपछि विपक्षी दलका सांसदहरु थप उत्तेजित भएका थिए ।

बैठकमा होहल्ला र विरोध चर्किंदै गएपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको सूचना दिएका हुन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : ३१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त