१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर ४७४ दशमलव २९ मा सीमित भएको छ ।

कारोबार भएकामध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको भने घटेको छ । यस्तै, ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कुल तीन सय ४० कम्पनीको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर रु चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ ।

दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडियाका शेयरधनीले कमाएका छन् ।

यसैगरी, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैङ्क, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैङ्क, सालपा विकास बैङ्कका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ४ : २६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको