१० भदौ २०८३, बुधबार | August 26, 2026

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी ममता शर्मा लाई कांग्रेसले केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापा ले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४ को उपधारा ९(१०)(ङ) बमोजिम बाराकी शर्मालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन्। उक्त जानकारी कांग्रेसका कायममुकायम मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्।

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी शर्माले पार्टीभित्र टिकट वितरणमा आर्थिक चलखेल भएको, विधि र प्रक्रिया मिचिएको तथा दाग लागेका नेताहरूको प्रभाव बढेको आरोप लगाउँदै रास्वपा परित्याग गरेकी थिइन्।

फागुन २१ गते निर्वाचनअघि जनकपुरधाममा आयोजित आमसभामार्फत उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्। सो अवसरमा सभापति थापाले उनलाई पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ८ : १५ बजे

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको