१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरे ।

केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।

जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको केन्द्र आवश्यक भएको बताए ।

जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताए । वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताए ।

अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उनको भनाइ छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ७ : २५ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम