१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त



काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ ।

कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् ।

कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए । कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो ।

कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १० : ०९ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो