३ श्रावण २०८३, आइतबार | July 19, 2026

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे



बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीभित्र अब सामान्य सुधार (रिफर्म) मात्र पर्याप्त नभएको भन्दै आमूल रूपान्तरण (रिभोलुसन) आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले पार्टी र राजनीतिको वर्तमान अवस्थाले एमालेलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरी समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको नाम उल्लेख गर्दै पार्टीको अवस्था, आफ्नो स्वास्थ्य, उमेर तथा पछिल्लो निर्वाचनको नतिजालगायतका विषयलाई गम्भीर रूपमा समीक्षा गरेर निर्णय लिनुपर्ने बताए ।

“अब अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अवस्था, आफ्नो स्वास्थ्यको स्थिति, उमेर, चुनावमा प्राप्त नतिजासहित सबै पक्षलाई हेरेर विचार गर्नुपर्छ,” पाण्डेले भने, “पार्टी निर्माण गर्ने र माथि उठाउने विषय अहिले ठूलो चुनौती बनेको छ। चारैतिरबाट प्रश्न उठिरहेका छन् । पार्टीमा उपयुक्त र परिपक्व निर्णय हुन्छ भन्ने विश्वास छ ।”

उनले पार्टीलाई पुनर्जीवित बनाउन सबै नेता तथा कार्यकर्ताले व्यक्तिगत पद र जिम्मेवारीभन्दा माथि उठेर सोच्नुपर्ने धारणा राखे । “कसले पद छाड्ने भन्ने होइन, पार्टीलाई काँचुली फेर्न सबैले आवश्यक परे आफ्नो पद त्याग्न तयार हुनुपर्छ,” उनले भने ।

नेता पाण्डेले फागुनमा सम्पन्न निर्वाचनको परिणामले एमालेलाई स्पष्ट सन्देश दिएको उल्लेख गरे । कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्य संख्या भन्दा कम मत प्राप्त भएको तथ्यले संगठनभित्र समस्या रहेको संकेत गरेको उनको भनाइ थियो ।

“२१ फागुनको निर्वाचन परिणामले एमालेलाई खबरदारी गरेको छ। केही क्षेत्रमा पार्टी सदस्यभन्दा कम मत आएको छ । यसले पार्टी सदस्यले समेत मतदान नगरेको अवस्था देखाउँछ,” उनले भने, “यस्ता संकेतले पार्टीभित्र समग्र पुनर्संरचनाको आवश्यकता देखिएको छ ।”

उनले एमालेलाई अब परम्परागत संरचनामा सीमित नराखी डिजिटल प्रविधिमैत्री संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “अब केवल भौतिक संरचनामा आधारित संगठनले पुग्दैन । डिजिटल पार्टी ट्रान्सफर्मेसन नगरी अघि बढ्न सकिँदैन,” उनले बताए ।

पाण्डेले पार्टी सचिवालयले रूपान्तरणका विषयमा कार्यदल गठन गरिसकेको उल्लेख गर्दै नेतृत्व तहमा पनि परिवर्तनको आवश्यकता महसुस हुन थालेको संकेत गरे । “अध्यक्षज्यूलाई पनि अब नयाँ ठाउँमा पुग्नैपर्छ भन्ने अनुभूति भएको होला,” उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ६ : ४४ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब