२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द



मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।

बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

बेनी हुँदै सडकमार्गबाट मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहे पनि पोखरा–जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुने पुगेका प्रमुख पोखरेलले उल्लेख गरे । यहाँ तारा एयरलाइन्सले मे २२ र समिट एयरलाइन्सले जुन २ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताए ।

जोमसोम नागरिक उड्डयन कार्यालयले बर्सेनि हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा यहाँको पोखरा–जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ । यहाँ उडान भर्ने साना जहाजहरू हुम्ला सिमीकोटतर्फ उडाइएको छ । भारतीय पर्यटकका लागि तिब्बतको मानसरोवर यात्रा खुला गरिएकाले यहाँ उडान भर्ने साना जहाज त्यसतर्फ पठाइएको हो ।

यहाँको नियमित हवाई उडान सेवा बन्द गरिएको भएपनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । पर्यटकीय याममा दैनिक तारा र समिटले गरी औसत १० वटा उडान भर्ने गरेको र जसमा पोखराबाट हवाई मार्ग प्रयोग करिब १५० बढी पर्यटक मुस्ताङ आउने गरेका छन् ।

समिट एयरलाइन्स जोमसोमका स्टेशन इञ्चार्ज सुमन थकालीले समिट एयरले जुन २ देखि उडान बन्द गरेको जानकारी दिए । बन्द गरिएको उडान अगस्ट १५ देखि सञ्चालनमा ल्याउने योजना रहेको स्टेशन इञ्चार्ज थकालीले उल्लेख गरे ।

यसैगरी तारा एयरलाइन्सले पनि मे २२ देखि बन्द गरेको पोखरा–जोमसोम हवाई सेवा सेप्टेम्बरदेखि सञ्चालनमा आउने जोमसोमस्थित स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । पर्यटक अफसिजन र मनसुन सुरु भएकाले हवाई सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

यसअघि पोखरा–जोमसोम हवाई उडान सेवाअन्तर्गत तारा एयरलाइन्सले डिसेम्बर चारदेखि मार्च एकसम्म र समिट एयरलाइन्सले डिसेम्बर एकदेखि फेब्रुअरी एकसम्म नियमित हवाई सेवा बन्द गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ९ : १२ बजे

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि