१२ आश्विन २०८३, सोमबार | September 28, 2026

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित



मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन भएको छ । भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरुद्ध रहेको पोखरा–जोमसोम हवाई सेवा तीन दिनपछि सञ्चालनमा आएको हो ।

जोमसोम नागरिक उड्ययन कार्यालय अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिट एयरको टवीनअटर जहाजले पोखरा–जोमसोम पाँचवटा उडान भरेको छ । कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको पोखरा–जोमसोम हवाई सेवा आजदेखि सञ्चालन भएको जानकारी दिए ।

हवाई सेवा सञ्चालन भएसगै स्वदेशी तथा भारतीय र अन्य मुलुकका हवाई यात्रीहरु मुस्ताङको जोमसोम अवतरण भएका हुन् । मुस्ताङबाट पनि पोखरा जाने हवाई यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको प्रमुख शर्माको भनाइ छ । निरन्तरको वर्षा र हिमपातले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका दर्जनौँ स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भए पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हवाई सेवा सञ्चालान भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई भने केही राहत मिलेको छ ।

पर्यटकीय याम तथा दसैँतिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्रले निकै ठूलो क्षति व्यवहोर्नुपरेको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ३० बजे

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा