१४ भदौ २०८३, आइतबार | August 31, 2026

तीनकुनेबाट विस्थापित सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु



काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय भेषराज दर्जी रहेका छन् ।

उनी गत वैशाख १२ गते उक्त क्षेत्रबाट हटाइएका सुकुम्बासीमध्ये एक थिए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख १२ गते तीनकुने-गैरीगाउँ क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो । सोही क्रममा विस्थापित भएका दर्जी त्यसयता कीर्तिपुरस्थित राधास्वामी सत्संगमा आश्रय लिएर बस्दै आएका थिए ।

वीर अस्पतालका अनुसार दर्जीलाई वैशाख १८ गते साँझ ७ बजेर १५ मिनेटमा अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

लामो समयसम्म उपचार जारी राखिए पनि स्वास्थ्यमा सुधार नआएपछि बिहीबार दिउँसो ४ बजेर २६ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । यसअघि पनि उक्त सुकुम्बासी बस्तीका दुई जनाले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । पछिल्लो घटनासँगै विस्थापित सुकुम्बासीहरूको अवस्था र पुनःस्थापनाको विषय फेरि चर्चामा आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ५ : १३ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति