१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु हुँदैछ । पार्टीले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ भने पछिल्लो पटक डोल्पामा तदर्थ समिति गठन गरिएको थियो ।

यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यसपटक जिल्ला अधिवेशन नहुने भएको छ । ती जिल्लामा वडा तथा पालिका अधिवेशनसमेत सम्पन्न नभएकाले जिल्ला अधिवेशन नगरिने पार्टीले जनाएको छ ।

रास्वपाले कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएका जिल्लामा जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरेको थियो । सोही आधारमा अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाइएको हो ।

पार्टीको कार्यतालिकाअनुसार आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गरिनेछ । त्यसपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन हुनेछ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरिएको छ । महाधिवेशनले पार्टीको भावी नेतृत्व तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ८ : ५१ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध