१४ भदौ २०८३, आइतबार | August 31, 2026

रुपन्देहीको शुद्धोधन गाउँपालिका बकुलीमा टिपरको तीव्र गति विरुद्ध स्थानीयको विरोध, केही समय सडक अवरुद्ध



रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ बकुलीमा नदीजन्य पदार्थ बोकेर आवतजावत गर्ने टिपरहरूको तीव्र गति र लापरवाहीपूर्ण सञ्चालनविरुद्ध स्थानीयवासीले विरोध जनाएका छन् ।

स्थानीयका अनुसार नदीजन्य पदार्थ ओसारपसार गरिरहेको एक टिपरले तीव्र गतिमा ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार एक स्थानीयलाई जोखिममा पारेपछि विवाद उत्पन्न भएको हो। दुर्घटनाबाट जोगिन मोटरसाइकल चालक सडक छेउको कान्लातर्फ गएर ज्यान जोगाउन सफल भएका थिए ।

घटनापछि आक्रोशित स्थानीयवासीले उक्त टिपरलाई रोकेर विरोध प्रदर्शन गरेका थिए। स्थानीयले बस्ती क्षेत्रभित्र टिपरहरू अत्यधिक गतिमा सञ्चालन हुने गरेको, धुलोधुवाँ र प्रदूषण बढेको तथा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नियन्त्रणको माग गरेका छन् ।

विरोधका क्रममा केही समय सडक अवरुद्ध भएको थियो । रोकिएका टिपरहरू सञ्चालन गराउने विषयमा स्थानीयवासी र प्रहरीबीच सामान्य भनाभनसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

स्थानीयले बस्ती क्षेत्रमा टिपर सञ्चालनका लागि निश्चित समय तोक्न, गति नियन्त्रण गर्न तथा सडक सुरक्षाका आवश्यक उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले पटक-पटक गुनासो गर्दा पनि समस्या समाधान नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

घटनापछि प्रहरीले सम्बन्धित टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ । चालकलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य बन्दै गएको र हाल टिपरहरूको आवागमन पुनः सञ्चालनमा आएको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी अनुगमन र कडा नियमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १ : ०० बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति