२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजमाथि सरकारले थाल्यो कारबाही प्रक्रिया



काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तायरी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्नेगरी काम सुरु गरिएको बताइन् ।

उनले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गरिन् । “राजधानीसहित देशका विभिन्न भागमा सञ्चालित ११ वटा मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शय्या थपेर अतिरिक्त आम्दानी गरिरहेका छन् । तर कर तथा दस्तुर भने स्वीकृत शय्या सङ्ख्या बराबरको मात्र बुझाउने गरेका छन्”, उनले भनिन् ।

महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ ।

स्वीकृतभन्दा बढी शय्या राखी कमाउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौँको नेपाल मेडिकल कलेजले आर्थि वर्ष २०७६÷७७ देखि शय्या थप गरेकाले सोही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्रीमेहताले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : २२ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी