१४ भदौ २०८३, आइतबार | August 30, 2026

आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै



काठमाडौं । आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकाससम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सभ्यताबीचको संवादले भेदभाव, पूर्वाग्रह र गलत धारणाहरू हटाउन सहयोग पु¥याउँछ । साथै यसले विभिन्न राष्ट्र, संस्कृति र समुदायबीच विश्वास, समझदारी र मित्रवत् सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिका लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।

यस अवसरमा सभ्यतागत विविधतालाई मानवजातिको साझा सम्पत्तिका रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तरसांस्कृतिक संवादलाई थप सुदृढ बनाउन विश्व समुदायलाई आह्वान गरिएको छ । संयुक्त राष्ट्रसङ्घले विविध सभ्यता र संस्कृतिबीचको सहकार्यले थप शान्तिपूर्ण, समावेशी र समृद्ध विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ७ : ४३ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा