२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान



काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको हो । मनास्लु हिमालको सफल आरोहण गर्नेमा फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर गुरुङ, रमेश गुरुङ, नवराज गुरुङ, पाल्सङ रिम्पोछे, सेदार रिन्पोछे, लामा जिग्मे, नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०, राष्ट्रिय प्रकृति संरक्षण कोष, मनास्लु संरक्षण क्षेत्र आयोजनालगायत रहेका छन् ।

कार्यक्रममा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गोरखा जिल्लाबाट मनास्लु हिमालको सफल आरोहण गरेका व्यक्ति र विभिन्न संस्थालाई सम्मान गरिएको जानकारी दिए। मनास्लु हिमालमा पहिलोपटक सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले पाइला टेकेका थिए।

यस्तै, सन् १९७३ अप्रिल २२ तारिखमा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । पहिलोपटक मनास्लुको आरोहण गरेको सम्झनामा मनास्लु दिवस मनाउन थालिएको हो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले हालसम्म मनास्लु हिमालमा तीन हजार ७४२ स्वदेशी तथा विदेशी आरोहीले आरोहण गरेको बताए ।

विश्वको आठौँ र नेपालको सातौँ हिमालका रुपमा रहेको मनास्लुमा चढ्नका लागि इच्छाशक्ति तथा शाहस आवश्यक रहेको अध्यक्ष लामाले बताए । मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा यहि वर्षको मे ९ तारिखमा चुमनुब्रीमा कार्यक्रम समेत आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिए

चुमनुब्री गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण समेत गरिएको थियो । कार्यक्रममा प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

काठमाडौँमा आयोजित आरोही सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले एक दशकको अवधिमा गोरखाले पर्वतीय पर्यटनको क्षेत्रमा ठूलो फड्को मारेको बताए।

विश्वको सर्वोच्च शिखर सगरमाथा छिटो चढ्ने महिला आरोहीको कीर्तिमान बनाउनुभएकी फुन्जो शेर्पाले जलवायु परिवर्तनको असर नेपालका हिमालमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे। मनास्लु आरोही युक्त गुरुङले मनास्लु हिमालको सरसफाईमा गाउँपालिकाले विशेष जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ४ : ३१ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको