२८ असार २०८३, आइतबार | July 12, 2026

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद



रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो परिमाणको फर्सीको बिउ रौतहट प्रहरीले बरामद गरेको छ । विशेष अपरेसनका क्रममा प्रहरीले ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका-७ स्थित बंकुल टोल क्षेत्रमा छापा मारेको थियो । सीमावर्ती क्षेत्र नजिक त्रिपालले ढाकेर लुकाइ राखिएको अवस्थामा ३२२ बोरा फर्सीको बिउ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको फर्सीको बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको र यसको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको बताइएको छ। उक्त सामग्री आवश्यक कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।

बरामद प्रक्रियाका क्रममा केही स्थानीयले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । घटनामा केही स्थानीय र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप कडा बनाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपालबाट भारततर्फ फर्सीको बिउ अवैध रूपमा तस्करी हुने क्रम बढ्दै गएको छ। विशेषगरी चिनियाँ जातका फर्सीको बिउ विभिन्न चोर बाटो प्रयोग गरी भारतका विभिन्न क्षेत्रमा पुर्‍याउने गरिएको सुरक्षा निकायको भनाइ छ । भारतमा फर्सीको बिउ स्वास्थ्यवर्द्धक खाद्य पदार्थका रूपमा प्रयोग हुने भएकाले यसको माग बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : ०३ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास