१४ भदौ २०८३, आइतबार | August 30, 2026

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा



मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।

भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्यन प्राविधिकरणको जोमसाम शाखा कार्यालयमा पठाइएको उनले बताए ।

ड्रोन क्यामेरा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।

मुस्ताङमा चलचित्र तथा डकुमेन्ट्री छायाङ्कनका लागि ड्रोन क्यामेरा प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोन क्योमराको आधिकारिक दर्ता विवरण र प्रशासन र एक्यापको पूर्वस्वीकृति लिनुपर्ने छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १२ : ३१ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना