२९ भदौ २०८३, सोमबार | September 14, 2026

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित



काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझदेखि प्राविधिक समस्या देखिएको छ । समस्याका कारण नेपालसहित विश्वका विभिन्न देशका प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।

प्रयोगकर्ताहरूले अकाउन्ट प्रयोग गरिरहेकै बेला स्वतः लगआउट हुने, समाचार फिड लोड नहुने, सन्देश पठाउन तथा प्राप्त गर्न समस्या हुने जस्ता कठिनाइ भोगिरहेका छन् । लगइन गर्ने प्रयास गर्दा ‘Sorry, something went wrong’ लगायतका त्रुटि सन्देशहरू देखिने गरेको छ ।

समस्याका कारण फेसबुक र इन्स्टाग्रामका सामग्रीहरू अद्यावधिक हुन नसकेको तथा मेसेन्जरमार्फत सन्देश आदानप्रदानमा अवरोध उत्पन्न भएको प्रयोगकर्ताहरूले बताएका छन् ।

यी सेवा सञ्चालन गर्ने मेटा कम्पनीले हालसम्म समस्याबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । साथै, समस्या के कारण उत्पन्न भएको हो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन ।

प्राविधिक समस्या समाधानका लागि कम्पनीले काम गरिरहेको अनुमान गरिए पनि सेवा पूर्ण रूपमा कहिलेसम्म सुचारु हुन्छ भन्नेबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ८ : ११ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा