२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना



नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरूले धर्ना दिएका हुन् ।

२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ ।

सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धर्ना दिएको सचिव कृष्ण ओलीले बताए । धर्नामा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, शाखाका पूर्व अध्यक्षहरू लगायत पत्रकारहरूको सहभागिता थियो ।

धर्ना पश्चात् विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई पठाईएको छ । बाँके शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर संकलन गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १० : ०८ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि