३१ श्रावण २०८३, आइतबार | August 16, 2026

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका छन ।

महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित निर्वाचित भएका छन । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका छन । उनीसँग प्रतिस्पर्धी गरेका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ६ : ५२ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई