१० भदौ २०८३, बुधबार | August 27, 2026

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल बेइजिङ जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले नेपालमा विदेशी लगानी प्रवर्द्धनका लागि आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा सहभागी हुँदै चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

मन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ७ : ४३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट