१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि शुक्रबार मात्रै सुनको मूल्य एकै दिन प्रतितोला ५ हजार ३०० रुपैयाँले उकालो लागेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। विश्व बजारमा सुनको मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ लगातार उकालो लागिरहेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ११ : ०४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको