१४ भदौ २०८३, आइतबार | August 30, 2026

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी



चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ ।

उनले भने, “३० टन अलकत्रा आइसकेको छ । यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ ।” तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ ।

सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ । ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रलगायतका काम बाँकी छ ।

सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो ।

सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ३५ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका