१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले भारतीय बजारमा निर्यात प्रभावित हुँदा इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसान गम्भीर संकटमा परेको बताए। उनले निर्यातमा जारी अवरोधका कारण कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उल्लेख गरे।

राईका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको गुणस्तर परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। यसले तयारी अवस्थामा रहेको चिया निर्यात हुन नसक्दा उद्योगी र किसान दुवै मारमा परेको उनको भनाइ थियो।

उनले चिया क्षेत्रलाई नेपालको अर्थतन्त्र र निर्यात व्यापारको महत्वपूर्ण आधारस्तम्भको रूपमा उल्लेख गर्दै सरकार गम्भीर बन्नुपर्ने बताए। प्रधानमन्त्रीले चिया पसलमा गएर चिया पिउन समय निकाल्ने तर चिया किसान र उद्योगीको समस्या समाधानतर्फ पर्याप्त चासो नदिएको भन्दै उनले व्यंग्यसमेत गरे।

राईले तत्काल भारतसँग सरकार–सरकार ९जीटुजी० तहमा पहल गरी नेपाली चिया निर्यात सहज बनाउन आग्रह गरे। साथै, यस्ता समस्या पटक–पटक दोहोरिन नदिन दीर्घकालीन कूटनीतिक तथा व्यापारिक समाधान खोज्न पनि सरकारलाई अनुरोध गरे।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : ४७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै