९ भदौ २०८३, मंगलबार | August 26, 2026

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले भारतीय बजारमा निर्यात प्रभावित हुँदा इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसान गम्भीर संकटमा परेको बताए। उनले निर्यातमा जारी अवरोधका कारण कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उल्लेख गरे।

राईका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको गुणस्तर परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। यसले तयारी अवस्थामा रहेको चिया निर्यात हुन नसक्दा उद्योगी र किसान दुवै मारमा परेको उनको भनाइ थियो।

उनले चिया क्षेत्रलाई नेपालको अर्थतन्त्र र निर्यात व्यापारको महत्वपूर्ण आधारस्तम्भको रूपमा उल्लेख गर्दै सरकार गम्भीर बन्नुपर्ने बताए। प्रधानमन्त्रीले चिया पसलमा गएर चिया पिउन समय निकाल्ने तर चिया किसान र उद्योगीको समस्या समाधानतर्फ पर्याप्त चासो नदिएको भन्दै उनले व्यंग्यसमेत गरे।

राईले तत्काल भारतसँग सरकार–सरकार ९जीटुजी० तहमा पहल गरी नेपाली चिया निर्यात सहज बनाउन आग्रह गरे। साथै, यस्ता समस्या पटक–पटक दोहोरिन नदिन दीर्घकालीन कूटनीतिक तथा व्यापारिक समाधान खोज्न पनि सरकारलाई अनुरोध गरे।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : ४७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त