४ असार २०८३, बिहिबार | June 18, 2026

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र



नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ ।

मिडिया स्पेस सोलुसन काठमाडौंले सो काम गरिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माण गरिनेछ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ । उनका अनुसार डोमभित्रबाट सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्नसक्ने व्यवस्था मिलाइनेछ । अन्तरराष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको उनले बताए । उनले भने, “महाधिवेशन नजिकिएकाले निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।”

महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन गरिने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए । रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ ।

महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र नजिकै रहेको चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने तयारी गरिएको हो ।
–––

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : ५२ बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि

पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीलाई

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा