१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा



काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ । “राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा सञ्चालन भइरहेको छ,” उनले भने, “अझै तीन दिन बाँकी रहेकाले अन्य प्रतिष्ठानलाई राष्ट्रिय आर्थिक गणनामा सहभागी हुन अनुरोध गरिन्छ ।”

प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका तीन हजार ९०६ गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आव्हान गरिएको छ । ‘कोही पनि प्रतिष्ठान/व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ अभियानलाई कार्यालयले अघि सारेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ४ : ४० बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै