५ असार २०८३, शुक्रबार | June 19, 2026

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो ।

जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको उनले बताए । उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ । त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डा गौतमले बताए ।

दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डा गौतमले बताए । बागलुङ छ महिनादेखि २० वर्षसम्म उमेर समूह र जाजरकोटमा छ महिनादेखि २४ वर्षसम्म उमेर समूहलाई खोप दिइएको उनले जानकारी दिए । यी दुई जिल्लामा १५ वर्षभन्दा माथिकामा पनि दादुरा देखिएकाले २४ वर्ष उमेर समूहलाई खोप दिइएको उनले बताए ।

“दादुरा अत्यन्तै सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ । त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छ”, खोप शाखा प्रमुख डा गौतमले भने ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : १५ बजे

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको

उजुरीपछि अख्तियारको छापा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै

सुनको मूल्य : तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको