७ भदौ २०८३, आइतबार | August 23, 2026

लुम्बिनीमा योगाभ्यास



लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना तथा लुम्बिनी विकास कोषको सहकार्यमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुले सामूहिक रुपमा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए । योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले योग सहरी जीवनशैली अपनाउने तथा दिनभर कार्यालय, उद्योग–व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरुका लागि अत्यन्त उपयोगी रहेको बताए । उनले ग्रामीण र सहरी जीवनशैलीबीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैलीअनुसार फरक हुने धारणा राखे ।

लुम्बिनीस्थित लिटिल बुद्धको प्रतीमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारीसहित ५०० भन्दाबढी योग साधकहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १ : २० बजे

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको

१४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल