२ कार्तिक २०८३, सोमबार | October 19, 2026

लुम्बिनीमा योगाभ्यास



लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना तथा लुम्बिनी विकास कोषको सहकार्यमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुले सामूहिक रुपमा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए । योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले योग सहरी जीवनशैली अपनाउने तथा दिनभर कार्यालय, उद्योग–व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरुका लागि अत्यन्त उपयोगी रहेको बताए । उनले ग्रामीण र सहरी जीवनशैलीबीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैलीअनुसार फरक हुने धारणा राखे ।

लुम्बिनीस्थित लिटिल बुद्धको प्रतीमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारीसहित ५०० भन्दाबढी योग साधकहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १ : २० बजे

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर