१० श्रावण २०८३, आइतबार | July 27, 2026

बुटवलमा सामुहिक नृत्य सहितको योगा संचालन



बुटवल । बुटवलमा सुनौलो बिहानी फुर्तिलो समुहले स्वस्थ जीवन हाम्रो अभियान भन्ने उद्देश्य सहित नृत्य सहितको योगा शुरु गरेको छ। ‘बिहानै उठौ ब्यायाममा जुटौ, बिहानै उठौ नाचौ ब्यायाम गरौ स्वस्थ रहौ’ भन्ने नाराकासाथ समुहले अभियान थालेको हो ।

समुहका ४ सय सदस्यहरु बिहानै हरियो र पहेंलो टिसर्टमा सजिएर बुटवललका बिभिन्न स्थानमा नृत्य सहितको योगामा जुट्ने गरेको सो समुहले जनाएको छ । लक्ष्मीनगरको लक्ष्मीपार्क र बुटबलको मणीमुकुन्द पार्कमा नृत्य सहित ब्यायाम गरिने गरेको समुहका सदस्य तिर्थराज पङ्गेनीले बताए । हरेक सदस्यको १५/१५ दिनमा सरिरको तौल चेकजाच गर्ने तथा ब्यायाम र नृत्य योगाबाट फाईदा बेफाईदाबारे बुझ्ने गरिएको उनले बताए ।

स्वस्थ्य जीवन मानिसको आवश्यक्ता भएकाले बिहानको ब्यायाम नृत्य सहितको योगा मानीसहरुका लागि महत्वपूर्ण हुने सुनौलो बिहानी फुर्तिलो समुहका अध्यक्ष अनन्त थैबले बताए ।

‘जीवनमा स्वस्थ रहने निरोगी भएर बाच्ने कला सिकाउन यो अभियान संचालन गरिएको हो, आफु स्वस्थ बनौ घर स्वास्थ बनाउ भन्ने हाम्रो लक्ष्य हो।’–अभियानका मुख्य प्रशिक्षक विष्णुमायाँ श्रेष्ठले भनिन् । योग अभियानमा टि.वि. श्रेष्ठले समेत योगा तथा नृत्यको विषयमा प्रकाश पार्ने गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ५५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले