काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले गायक सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।
मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतले सपुत लोकप्रिय छन्। उनका गीत गाउँदेखि शहरसम्म नेपालीमाझ चर्चित छन्।
गायक सपुतले रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीको भावनालाई समेत गीतमार्फत बोल्दै आएका छन्। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म पु¥याउन गायक सपुतको आगमनले मद्दत पुग्ने आईएमईले जनाएको छ।
कार्यक्रममा बोल्दै आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले सपुतसँगको सहकार्यले आफ्नो पन थप्ने बताए। ‘प्रकाश सपुतका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुटै आफ्नोपन थप्नेछ,’ कटवालले भने।
त्यस्तै, गायक सपुतले आईएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए। उनले विश्वभर छरिएका नेपालीलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता जनाए।



















प्रतिक्रिया