१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आईएमई लिमिटेडको ‘ब्रान्ड एम्बेसडर’ मा प्रकाश सपुत नियुक्त



काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले गायक सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।

मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतले सपुत लोकप्रिय छन्। उनका गीत गाउँदेखि शहरसम्म नेपालीमाझ चर्चित छन्।

गायक सपुतले रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीको भावनालाई समेत गीतमार्फत बोल्दै आएका छन्। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म पु¥याउन गायक सपुतको आगमनले मद्दत पुग्ने आईएमईले जनाएको छ।

कार्यक्रममा बोल्दै आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले सपुतसँगको सहकार्यले आफ्नो पन थप्ने बताए। ‘प्रकाश सपुतका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुटै आफ्नोपन थप्नेछ,’ कटवालले भने।

त्यस्तै, गायक सपुतले आईएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए। उनले विश्वभर छरिएका नेपालीलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : ५४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै