७ असार २०८३, आइतबार | June 21, 2026

हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो



काठमाडौँ । पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्‍याइएका प्राचीन महत्वका पर्शुरामको मूर्ति, टुँडाल र धार्मिक गाताचित्र बेल्जियमबाट फिर्ता ल्याइएको छ । चोरी भएका ती सम्पदा बेल्जियममा फेला परेपछि स्वदेशी तथा विदेशी सम्पदा अभियन्ताको सहयोगमा हालै स्वदेश फिर्ता ल्याएको हो ।

पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको हो त्यसको माग दाबी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनःस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।

नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि विभागले प्रक्रिया चलाउने गर्दछ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपालबाट हराएका मूर्ति फेला परेपछि सरकार, विभिन्न संस्था, अभियान्ता तथा विद्वानबीचको सहकार्यबाट सम्पदा फिर्ता ल्याउन प्रक्रिया सुरु गरिने जनाइएको छ ।

सन् १९५० देखि १९८० को दशकमा नेपाली सम्पदा हराएको अभिलेख विभागसँग रहेको अधिकृत सुवेदीले जानकारी दिइन् । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमुना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कलाशैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : ४० बजे

प्रदेशका कानुनमन्त्रीले गरे नेपालगन्ज रङ्गशालाको निरीक्षण

नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले

खजुराबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित १ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित १

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ । तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो

काठमाडौँ । पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्‍याइएका

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी