८ असार २०८३, सोमबार | June 22, 2026

विश्वकपमा केपभर्डेको अर्को प्रभावशाली प्रदर्शन, उरुग्वेसँग रोमाञ्चक बराबरी



काठमाडौं । फिफा विश्वकपको समूह चरणअन्तर्गत दोस्रो खेलमा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २-२ को बराबरी खेलेको छ।

विश्व फुटबलको शक्तिशाली टोली मानिने उरुग्वे सन् १९३० र १९५० मा विश्वकप विजेता बनेको थियो । यता, केपभर्डे भने पहिलोपटक विश्वकप खेलिरहेको राष्ट्र हो । तर प्रतियोगितामा उसले लगातार प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

खेलमा केपभर्डेका केभिन पियानले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि उरुग्वेका मेक्सी अराजाओले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा अगस्टिन क्यानोबियोले गोल गरेपछि उरुग्वे २-१ ले अघि बढेको थियो ।

तर दोस्रो हाफमा केपभर्डेले पुनः सशक्त पुनरागमन गर्‍यो । खेलको ६०औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

यसअघि विश्वविजेता स्पेनसँग गोलरहित बराबरी खेलेको केपभर्डेले विश्वकपमा पहिलो गोलसमेत यही खेलमा दर्ता गरेको हो । बराबरीसँगै दुवै टोलीले अंक तालिकामा एक–एक अंक थप्दै कुल २–२ अंक पुर्‍याएका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : २१ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य