तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो ।



















प्रतिक्रिया