१३ भदौ २०८३, शनिबार | August 29, 2026

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द



गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले बताएका छन् ।

प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।

अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ ।

वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने बिजुली आपूर्ति पुनः स्थापनगर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ ।

प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबार देखि मङ्गलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ०० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ