७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

चीनको दक्षिण-उत्तर पानी डाइभर्सन परियोजना जन-केन्द्रित दर्शनमा आधारित



बेइजिङ । गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा आयोजित गोष्ठीमा देशको जन–केन्द्रित विकास दर्शनप्रति चीनको निरन्तर प्रतिबद्धतालाई जोडदिएका छन् ।

सन् २०२१ को मार्चसम्ममा दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भए पश्चात् ४०।८ अर्ब घन मिटर पानी चीनको उत्तरी भूभागमा पुगेको छ । पानी डाइभर्सनको यस कार्यबाट १३ करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष लाभ पुगेको छ ।

प्राचीनकालदेखि नै चीनले वर्षादको मौसममा बाढीको विनाशलीला र हिउँदमा चरम सुख्खा भोग्दै आएको छ । तर चीनमा वर्षैभरि उत्तरमा पानीको अभाव र दक्षिणमा प्रशस्त पानी हुने गर्दछ । समय र ठाउँको हिसाबले पानीको यस असमान वितरणले शताब्दीयौंदेखि चिनियाँ जनतालाई पिरोलिरहेको छ ।

जनगणतन्त्रका रुपमा चीन रुपान्तरण भएपछि चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० ले देशव्यापी ठूला जल परियोजनाहरुको निर्माणको नेतृत्व गरिरहेको छ । जलस्रोतलाई अनुकूलन गरी दिगो आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गरेको छ, र अन्ततः जनताको जीवनयापनमा निरन्तर सुधार ल्याइरहेको छ ।

दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना त्यसमध्येको एउटा उदाहरणीय कार्य हो । निकै ठूलो लगानी भएपनि तुलनात्मक रुपमा निकै लाभप्रद यस कार्य सम्पन्न गर्न सावधानीपूर्वक योजना तर्जुमा र कार्यान्वयनमा दृढ प्रतिबद्धता चीन सरकारले व्यक्त गरेको छ ।

यस परियोजनाले याङ्सी नदीको पानीलाई पूर्वी, मध्य र पश्चिमी मार्गबाट उत्तरी चीनका सुख्खा क्षेत्रमा लैजान्छ । यो विश्वमै सबैभन्दा ठूलो आयोजना पनि हो ।

परियोजनाको निर्माणलाई सहज तुल्याउन धेरै चिनियाँ परिवारहरु बसाई सर्नु परेको थियो । उनीहरुलाई नयाँ घरमा पुनस्र्थापित गराइएको थियो र त्यहाँ उनीहरुले नयाँ जीवन शुरु गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  २ : २१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल