काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह चितवनमा जारी पार्टीको महाधिवेशन नसकी काठमाडौं फर्किएका छन् ।
रास्वपाको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदानको कार्यक्रम तय भए पनि बालेन मतदान प्रक्रिया अघि नै काठमाडौं फर्किएका हुन् ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै सम्बोधन गरेका बालेन बन्दसत्रमा भने सहभागी भएका थिएनन् । उनले महाधिवेशनका क्रममा पार्टी सभापति पदका लागि रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
बालेनको आकस्मिक फिर्तीको कारणबारे पार्टीले औपचारिक जानकारी दिएको छैन । महाधिवेशनमा भने केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ ।



















प्रतिक्रिया