१० असार २०८३, बुधबार | June 24, 2026

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ । चितवनको भरतपुरमा भइरहेको सो महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

“केन्द्रीय सदस्यको उम्मेदवारको सूची टुङ्गो लगाएर अहिले दाबीविरोधको कार्यक्रम जारी छ”, उनले भने, “दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ ।”

उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । दिवा खानापछि मतदानमा प्रवेश गर्ने अनुमान छ । सभापतिको पदमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन् भने नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिनेछ । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन् । महाधिवेशन प्रतिनिधि भने चार हजार बढी छन् ।

महाधिवेशनस्थलमा केन्द्रीय सदस्यका उम्मेदवारले प्रचारप्रसार जारी राखेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान सुरु हुनुअघि मौन अवधि तोकिएको छ । त्यतिबेला उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ३८ बजे

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको