११ असार २०८३, बिहिबार | June 25, 2026

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका



काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएपछि ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

बुधबार राति गएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले पश्चिमी भेनेजुएलामा व्यापक क्षति पुर्‍याएको जनाइएको छ । भूकम्पका कारण कैयौँ भवनहरू भत्किएका छन् भने हजारौँ नागरिक सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।

भेनेजुएलाका गृहमन्त्री डीओसडाडो काबेलोले नागरिकलाई घर तथा जोखिमयुक्त संरचना तत्काल खाली गर्न आग्रह गरेका छन् । राष्ट्रिय बिदाको दिन अधिकांश मानिस घरमै रहेका कारण मानवीय क्षति उच्च हुन सक्ने अनुमान गरिएको छ ।

यूएसजीएसका अनुसार पहिलो भूकम्प काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिप क्षेत्र नजिक ७.२ म्याग्निच्युडको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारे क्षेत्र नजिक ७.५ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो ।

उद्धार तथा राहत कार्य जारी रहेको छ भने क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : ४९ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय