काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा निलम्बित भएको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
फिफाले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको जनाएको छ । निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।
निलम्बन कायम रहुन्जेल नेपालका राष्ट्रिय फुटबल टोली, एन्फाका प्रतिनिधि तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने फिफाले स्पष्ट पारेको छ ।



















प्रतिक्रिया