१३ भदौ २०८३, शनिबार | August 29, 2026

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे



काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोधका आधारमा पौडेललाई पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाए । उनले पूर्वअर्थमन्त्री पौडेललाई बिना आधार पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

कँडेलले संसदमा बोल्दै निर्वाचनका क्रममा प्रतिस्पर्धी पक्षसँग जोडिएका विषय र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराएको व्यक्तिसम्बन्धी प्रसंगलाई आधार बनाएर पक्राउ गरिएको भन्ने समाचारहरू आएको उल्लेख गरे । उनले यो कदमलाई गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको भनिएको प्रतिशोधपूर्ण कारबाहीको निरन्तरता भएको टिप्पणी गरे ।

बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने मागसमेत गरेका छन् । साथै राष्ट्रियतासम्बन्धी विषयमा गम्भीर भएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : २३ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको