२ कार्तिक २०८३, सोमबार | October 19, 2026

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन ।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताए ।

शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै उनले डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए । शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

“शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ । बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो । राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ । युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षाले सहयोग गर्नुपर्छ । प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ । शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरिनुपर्छ,” उपराष्ट्रपति यादवले भने ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई मदन भण्डारी मेमोरियल कलेजले निरन्तरता दिएको बताए । कलेजलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेजको स्थान उच्च दशमा उत्कृष्ट शैक्षिक प्रतिष्ठानमा रहेको बताए ।

क्याम्पस प्रमुख बाबुराम अधिकारीले कलेज स्थापनाकालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : ४७ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३