१३ भदौ २०८३, शनिबार | August 29, 2026

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु



पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ ।

“जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,” पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र यस गर्मीका कारण हुने कुल मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्ष वा योभन्दा माथिका व्यक्तिहरू रहेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार विशेष गरी पेरिस र यसका उपनगरहरू समावेश इल-दे-फ्रान्स क्षेत्रमा सबैभन्दा बढी मृत्यु घरमा नै रहेका समय भएको हो ।

“यो तथ्याङ्कले एक्लो जीवन बिताइरहेका वा गम्भीर एकान्तमा रहेका विशेष गरी अत्यधिक शहरी क्षेत्रहरूमा रहेका उनीहरूप्रति एकताको भावनाका साथ सहयोगी उपायहरू आवश्यक रहेको सम्झना गराउँछ,” विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रको यी आँकडाहरू प्रारम्भिक रहेको र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ ।

फ्रान्सका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तातो दिनहरूपछि आइतबार भने फ्रान्सभर औसतमा केही कम गर्मी भएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : ५७ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ